मङ्सिरभित्र एमसीसीका आयोजनाको ठेक्का आह्वानको तयारी, पूर्वतयारीका काम धमाधम चल्दै – Himalayan Dainik

मङ्सिरभित्र एमसीसीका आयोजनाको ठेक्का आह्वानको तयारी, पूर्वतयारीका काम धमाधम चल्दै


मङ्सिरभित्र एमसीसीका आयोजनाको ठेक्का आह्वानको तयारी, पूर्वतयारीका काम धमाधम चल्दै

काठमाण्डौ – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको आयोजनाका लागि आउँदो मङ्सिरभित्र ठेक्का आह्वान हुने भएको छ ।

एमसीसी कार्यान्वयन गर्ने नेपाली निकाय मिलिनियम च्यालेञ्ज अकान्ट नेपाल (एमसीए) ले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि आउँदो नोभेम्बर अर्थात् मङ्सिरभित्र अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्ने तयारी भइरहेको जनाएको छ ।

ठेक्का आह्वानका लागि सबै कागजात तयारी अवस्थामा रहेको एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए । ६ महिनाको अवधि राखेर ठेक्का आह्वान हुने, त्यसपछिको तीन महिनामा ठेकेदार छनोट गरेर आउँदो वर्ष अर्थात् २०८० सालको भदौदेखि एमसीसी अन्तगर्तका आयोजनाको काम सुरु हुने उनले जानकारी दिए ।