काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ९३० जनाको नमूना परीक्षणबाट ५४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८२ जनाको आरटी–पीसीआर गर्दा २२४ जना र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७७ हजार ३५८ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ३ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २६५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ६५ हजार ३०८ जनाको स्वाब ९नमूना० परीक्षण गरिएको छ भने अहिले ५ हजार २६५ जना आइसोलेसनमा छन् ।
