नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल – Himalayan Dainik

नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल


नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौँ — राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएको विषयलाई समर्थन र स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेकी हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपालजस्तो खुला सिमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताइन् ।