देशका ९५ प्रतिशत नागरिकमा विद्युतको पहुँच : अबको दुई वर्षभित्र सबै नागरिकमा पुर्‍याउने लक्ष्य – Himalayan Dainik

देशका ९५ प्रतिशत नागरिकमा विद्युतको पहुँच : अबको दुई वर्षभित्र सबै नागरिकमा पुर्‍याउने लक्ष्य


देशका ९५ प्रतिशत नागरिकमा विद्युतको पहुँच :  अबको दुई वर्षभित्र सबै नागरिकमा पुर्‍याउने लक्ष्य

काठमाण्डौ – देशका ९५ प्रतिशत नागरिकमा बिजुली बत्तीको पहुँच पुगेको सरकारले जनाएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अबको दुई वर्षभित्र सबै नागरिकमा विद्युतको पहुँच पुर्‍याउने गरी काम भैरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको ३७ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै उर्जा मन्त्री पम्फा भुसालले औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्ट मार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्रीको प्रयोग गरी उर्जाको खपत बढाउनुपर्नेमा जोड दिएकी छिन । उनले जलस्रोत र उर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी समृद्ध नेपाल निर्माणका लागि जुट्न पनि सबै पक्ष र क्षेत्रलाई आह्वान गरिन् ।