रोल्पामा अरिङ्गालको टोकाईबाट एक जनाको ज्यान गयो – Himalayan Dainik

रोल्पामा अरिङ्गालको टोकाईबाट एक जनाको ज्यान गयो


रोल्पामा अरिङ्गालको टोकाईबाट एक जनाको ज्यान गयो

काठमाडौँ ‍- अरिङ्गालको टोकाइबाट रोल्पामा एक जनाको ज्यान गएको छ ।

रोल्पा नगरपालिका–१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले चिलेर ज्यान गएको हो ।

हिजो बेलुका घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले शरीरको विभिन्न भागमा टोक्दा उनि घाइते भएका थिए ।

उनको रोल्पा अस्पताल रेउघामा उपचारका क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।