बुटवलका पत्रकार पोखरेलको मृत्यु – Himalayan Dainik

बुटवलका पत्रकार पोखरेलको मृत्यु


बुटवलका पत्रकार पोखरेलको मृत्यु

काठमाडौँँ – बुटवल ­रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ । ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवासमा निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आएका थिए ।

पत्रकारिताको धरोहरका रुपमा रहेका पोखरेल लेखक तथा साहित्यकारसमेत हुन् । पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।