यात्रुमा कोरोना देखिएपछि चीनले हिमालयका चार उडानमा लगायो रोक – Himalayan Dainik

यात्रुमा कोरोना देखिएपछि चीनले हिमालयका चार उडानमा लगायो रोक


यात्रुमा कोरोना देखिएपछि चीनले हिमालयका चार उडानमा लगायो रोक

काठमाडौँ — काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार साउन १७ गतेको उडानमा नेपालबाट गएका यात्रुमध्ये ९ नेपाली विद्यार्थी र ६ चिनियाँ नागरिकको विमानस्थलमै भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएको हो ।