बुटवलको एक होटलमा महिला र पुरूष मृत फेला – Himalayan Dainik

बुटवलको एक होटलमा महिला र पुरूष मृत फेला


बुटवलको एक होटलमा महिला र पुरूष मृत फेला

काठमाडौं – रुपन्देहीको बुटवलस्थित एक होटलमा एक महिला र पुरुष मृत भेटिएका छन् ।

गएराति बास बसेका उनीहरु मृत फेला परेका हुन् । मृत फेला पर्नेमा धादिङ कुम्पुरका करिब ३५/३६ वर्षीय सिताराम भुजेल र दाङकी करिब ३३ वर्षीया पुष्पा रहेका छन् ।

बुटवलको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए ।

सोमबार बिहान कोठामा युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

महिलाको थप थर र घरको विवरण नखुलेको बताइएको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।