रुपन्देहीमा गोली लागेर एक जना घाइते – Himalayan Dainik

रुपन्देहीमा गोली लागेर एक जना घाइते


रुपन्देहीमा गोली लागेर एक जना घाइते

काठमाण्डौ – रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

नचिनेको मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का विकास गुरुङ घाइते हुनुभएको र गोली चलाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासमा रहेको सिद्धार्थ कटेजमा पनि गएराति पेस्तोल देखाएर सुन र नगद लुटपाट भएको थियो ।

दुवै घटनामा एउटै समूह वा फरक समूह संलग्न रहेको भन्ने खुलिनसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।