सिके राउतको जनमत पार्टी र पिछडा वर्गले एउटै चिह्नमा चुनाव लड्ने – Himalayan Dainik

सिके राउतको जनमत पार्टी र पिछडा वर्गले एउटै चिह्नमा चुनाव लड्ने


सिके राउतको जनमत पार्टी र पिछडा वर्गले एउटै चिह्नमा चुनाव लड्ने

काठमाडौं –  जनमत पार्टी र पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले एउटै चिह्नमा चुनाव लड्ने भएका छन् ।

दुई पार्टीबीच भएको छलफलमा अर्को पार्टी जनमतकै निर्वाचन चिह्न लाउडस्पिकर(हर्न)मा चुनाव लड्न तयार भएको हो ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ । उक्त निर्वाचनमा सहकार्य गर्ने दुई पार्टी सहमत भएका हुन् ।

सहमति पत्रमा जनमतका अध्यक्ष सि.के.राउत र पिछडाका अध्यक्ष प्रितम मुखियाले हस्ताक्षर गरेका छन् ।