भदौ १० देखि कांग्रेसको निर्वाचन केन्द्रित अभियान – Himalayan Dainik

भदौ १० देखि कांग्रेसको निर्वाचन केन्द्रित अभियान


भदौ १० देखि कांग्रेसको निर्वाचन केन्द्रित अभियान

नेपाली कांग्रेसले निर्वाचन केन्द्रित अभियान गर्ने भएको छ।

भदौ १० गतेदेखि राष्ट्रव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान गर्ने निर्णय शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन केन्द्रति अभियान भदौ १० देखि भदौ २४ गतेसम्म चल्नेछ।

यसअघि निर्धारण गरेको मितिलाई कार्यसम्पादन समितिले परिमार्जन गर्दै नयाँ मिति तय गरिएको हो।

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागेको हो।

केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधिका रूपमा खटाएर निर्वाचन केन्द्रित अभियान गर्ने तयारीमा कांग्रेस छ।

कांग्रेसले सत्ता गठबन्धनका दलहरूसँ मिलेर चुनावमा जाने निर्णय गरिसकेको छ।