उपराष्ट्रपतिद्वारा भैरव नाच अवलोकन – Himalayan Dainik

उपराष्ट्रपतिद्वारा भैरव नाच अवलोकन


उपराष्ट्रपतिद्वारा भैरव नाच अवलोकन

काठमाडौँ – नेपाल सरकारका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले भक्तपुरको मध्यपुर थिमिस्थित लायकु भैलः नाच अवलोकन गरेका छन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुगेका उनले एक घण्टासम्म नाच अवलोकन गरेका हुन् ।

गाई जात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, इन्द्र अप्सरा, भष्मासुर र अष्टमातृको गण नाच प्रदर्शन भइरहेको छ ।