कोरानाबाट नेपालमा एकैदिन ५ जनाको मृत्यु, ८१५ संक्रमित थपिए – Himalayan Dainik

कोरानाबाट नेपालमा एकैदिन ५ जनाको मृत्यु, ८१५ संक्रमित थपिए


कोरानाबाट नेपालमा एकैदिन ५ जनाको मृत्यु, ८१५ संक्रमित थपिए

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८२ रहेको छ ।

२४ घण्टामा ४५३४ जनाको नमूना परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४७६ डिस्चार्ज भएका छन् ।