लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुगेन – Himalayan Dainik

लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुगेन


लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डौ – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ३७ दशमलव ८३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीको ६२ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ७६ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको सात करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनिलिभर नेपालको शेयर आठ प्रतिशतभन्दा धेरै र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि हिमालयन हाइड्रोपावर र अपर हेवा खोला जलविद्युतको शेयर १० प्रतिशतले बढेको छ ।