घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Himalayan Dainik

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –  नेपाली बजारमा तगातार बढेको छापावाल सुनको मूल्य बिहीबार भने घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

आज तोलामा ५ सय रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलाको ९६ हजार ६ सय रुपैयाँमा कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार छापावाल सुन तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलाको १ हजार २ सय २५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको थियो । हिजो चाँदी तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।