काठमाडौँरासायनिक मलको प्रयोग कम गर्नुपर्छ : कृषिमन्त्री – Himalayan Dainik

काठमाडौँरासायनिक मलको प्रयोग कम गर्नुपर्छ : कृषिमन्त्री


काठमाडौँरासायनिक मलको प्रयोग कम गर्नुपर्छ : कृषिमन्त्री

काठमाण्डौ – कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने बताएका छन । बिहीवार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन ।

रासायनिक मलका कारण बढी मात्रामा विदेशमा पैसा बाहिरिएको भन्दै नागरिकमा प्राङ्गारिक मलको प्रयोगको बारेमा सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ । उनले भने , ‘रासायनिक मलमाथि नै किसान झुन्डिरहेका छन्, प्राङ्गारिक मलको प्रयोगको बारेमा हामीले जानकारी गराउन आवश्यक छ । प्राङ्गारिक मलको प्रयोग गर्ने हो भने पनि विदेशी मुद्रा सञ्चिति बढ्छ ।’

मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने उल्लेख गरे ।