देउवा खनाल भेट: नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण – Himalayan Dainik

देउवा खनाल भेट: नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण


देउवा खनाल भेट: नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । भेटमा खनाल नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ ।

पूर्वप्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा आज मङ्गलवार देउवासँग भेट गरेको हो । त्यस अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।