काठमाण्डौ – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले अब महिला समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताएकी छिन ।
आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताएकी हुन । उनले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने बताइन ।
सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको पनि उल्लेख गरिन । उनले आउँदो चुनावमा महिलालाई प्रत्यक्षमा उठाएर विजयी सुनिश्चित गर्नुपर्ने माग समेत गरेकी छिन ।
