अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको औपचारिक विरोध – Himalayan Dainik

अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको औपचारिक विरोध


अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको औपचारिक विरोध

चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेका चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति विरोध व्यक्त गरेको छ ।

चीनले राजदूतमार्फत आधिकारिक रूपमा विरोध व्यक्त गरेको हो । चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको र चीन मौन नबस्ने भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । चीनले पलोसीको भ्रमणविरुद्ध यसअघि पनि बारम्बार चेतावनी दिँदै आएको छ ।