अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपति साइ यिङ वेनबीच भेटवार्ता – Himalayan Dainik

अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपति साइ यिङ वेनबीच भेटवार्ता


अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपति साइ यिङ वेनबीच भेटवार्ता

एजेन्सी – चीनको कडा विरोध चेतावनीबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी छन्।

राष्ट्रपति साइ यिङ वेनसँगको भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै प्रशंशा गरेकी छन्।

भेटका क्रममा पेलोसीले आशा, साहस र दृढ संकल्पले चुनौतीको बाबजुद पनि शान्तिपूर्ण र समृद्ध भविष्य निर्माण गर्न सक्छ भन्ने सन्देश ताइवानले विश्वलाई दिएको बताइन्।

पेलोसीले विश्वले अहिले लोकतन्त्र र निरंकुशता बीचको छनोटको सामना गरिरहेको बताउँदै अब ताइवानप्रति अमेरिकाको ऐक्यबद्धता पहिले भन्दा अझ बढ्ने र महत्वपूर्ण हुने बताइन्।

भेटका क्रममा राष्ट्रपति इङ–वेनले ताइवानप्रति अटल समर्थन जनाएकोमा पोलोसीलाई धन्यवाद दिइन्।