देशलाई निर्दलीय अभ्यासतिर धकेलियो : भीम रावल – Himalayan Dainik

देशलाई निर्दलीय अभ्यासतिर धकेलियो : भीम रावल


देशलाई निर्दलीय अभ्यासतिर धकेलियो : भीम रावल

काठमाडौँ – नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुने र त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताए ।