प्रदेश १ का मुख्यमन्त्रीलाई कोरोना संक्रमण – Himalayan Dainik

प्रदेश १ का मुख्यमन्त्रीलाई कोरोना संक्रमण


प्रदेश १ का मुख्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए ।

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । मुख्यमन्त्री सहित अन्य १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।