ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए – Himalayan Dainik

ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए


ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए

काठमाडौँ – ललितपुर महानगरपालिका र  महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए ।

उनले भने, ‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौं।’
हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।