काठमाडौं – हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो ।
जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन् ।
हवाई सेवा अवरुद्ध हुँदा सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् । तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुईदिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
