एमालेले आज महँगीविरुद्ध जनप्रदर्शन गर्ने – Himalayan Dainik

एमालेले आज महँगीविरुद्ध जनप्रदर्शन गर्ने


एमालेले आज महँगीविरुद्ध जनप्रदर्शन गर्ने

काठमाडौँ –  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौँमा आज जनप्रदर्शन गर्ने भएको छ। सगठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतका चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा दिउँसो २ बजे जनप्रदर्शन गर्न लागेको हो।

वसन्तपुरबाट सुरु हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहने बताइएको छ ।