साढे ५४ अङ्कले बढेर नेप्से २२ सय विन्दु नजिकै, ४ अर्ब ६० करोड रुपैयाँको कारोबार – Himalayan Dainik

साढे ५४ अङ्कले बढेर नेप्से २२ सय विन्दु नजिकै, ४ अर्ब ६० करोड रुपैयाँको कारोबार


साढे ५४ अङ्कले बढेर नेप्से २२ सय विन्दु नजिकै, ४ अर्ब ६० करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ ।

आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमा समूहको शेयर चार सय १२ र निर्जीवन बीमा कम्पनीको शेयर तीन सय ७४ अङ्कले बढेको छ ।

नेप्से सूचक बढेको दिन दुई सय २० वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।