माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित – Himalayan Dainik

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले पदाधिकारी र अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै दोहोर्‍याउने विषयमा छलफल गर्न आज आइतवार दिउँसो ३ बजे बैठक बोलाएको थियो ।

संसद् बैठक र अन्य कारणले आजको बैठक स्थगित गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।