अमेरिकी राष्ट्रपति बाइडेन फेरि पनि कोरोना संक्रमित – Himalayan Dainik

अमेरिकी राष्ट्रपति बाइडेन फेरि पनि कोरोना संक्रमित


अमेरिकी राष्ट्रपति बाइडेन फेरि पनि कोरोना संक्रमित

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुन : कोरोना देखिएको छ । उनले आफूमा कोरोना संक्रमणका कुनै लक्षण नदेखिए पनि आफू आइसोलेसनमा रहने बताएका छन् । बाइडनका डाक्टरहरुले उनलाई उपचारको आवश्यकता अहिलेसम्म नदेखिएको तर,नजिकबाट निगरानीमा राखिएको जनाएका छन् । उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् ।

राष्ट्रपति बाइडेनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए ।तर , अहिले दोस्रो पटक पनि लगातार चार पटकसम्म चेकजाँच गर्दा पुन कोरोना देखिएको बताइएको छ ।