४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा भदौ १ गतेदेखि रोक लगाइने – Himalayan Dainik

४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा भदौ १ गतेदेखि रोक लगाइने


४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा भदौ १ गतेदेखि रोक लगाइने

काठमाडौँ – सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्ध लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ ।

सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।