नागरिकता खुकुलो बनाउन यो विधेयक ल्याइएको होइन : गृहमन्त्री खाण – Himalayan Dainik

नागरिकता खुकुलो बनाउन यो विधेयक ल्याइएको होइन : गृहमन्त्री खाण


नागरिकता खुकुलो बनाउन यो विधेयक ल्याइएको होइन : गृहमन्त्री खाण

काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन नल्याइएको बताएका छन ।

आज सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन । उनले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशङ्का नगर्न सांसदहरूलाई आग्रह गरे । गृहमन्त्री खाणले नागरिकता ऐन पनि आवश्यकताअनुसार परिष्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनका लागि संशोधित ऐन ल्याइएको बताएका हुन ।

उनले भने, ‘संविधान अनुकूल नै विधेयक ल्याइएको छ । यो विधेयकले नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन खाजेको होइन । अरू कसैको दबाब, परामर्श, सर–सल्लाह, कुनै कारणले विधेयक आएको होइन । गैरआवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्ने गरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ, त्यसलाई ऐनमा जस्ताको त्यस्तै राख्ने, गैरआवासीय नेपालीहरू नेपालमै जन्मिएका, बुबा, आमा, बाजे, बज्यैकै सन्तान हुन् । उनीहरूलाई पनि एकत्रित गरेर उनीहरूले नेपालमा लगानी गर्ने वातावरणका लागि दिन लागिएको हो ।’