दाङमा बलात्कार पछि हत्या गर्न खोजिएको आरोपमा एक जना पक्राउ – Himalayan Dainik

दाङमा बलात्कार पछि हत्या गर्न खोजिएको आरोपमा एक जना पक्राउ


दाङमा बलात्कार पछि हत्या गर्न खोजिएको आरोपमा एक जना पक्राउ

काठमाडौँ  – दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

बबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोरलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले बताए ।
प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट खसालेका थिए ।

बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर ती किशोरले बलात्कार गरेको प्रहरीको दाबी छ । बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।