झापाको चिया बगानमा तीन किशोरी मृत अवस्थामा भेटिए – Himalayan Dainik

झापाको चिया बगानमा तीन किशोरी मृत अवस्थामा भेटिए


झापाको चिया बगानमा तीन किशोरी मृत अवस्थामा भेटिए

काठमाडौँ – झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा भेटिएको गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।उनका अनुसार १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटना के कति कारणले भएको हो भन्ने बारे अझै पनि पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।