पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि – Himalayan Dainik

पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा सङ्क्रमित काठमाडौँमा फेला परेका छन् ।

४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँ जिल्लामा मात्र १ सय ६३ जना सङ्क्रमित थपिएका छन् । त्यसपछि ललितपुरमा ६२ जना, ललितपुरमा ४५ जना र मकवानपुरमा २८ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । काठमाडौँ जिल्लामा मात्र ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

यही अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये १ हजार ७०१ जना होम आइसोलेसनमा, संस्थागत आइसोलेसनमा ७५ जना, आईसीयूमा १५ जना भेन्टिलेटरमा १ जना रहेका छन् ।