काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रतिनिधिसभाको कार्यकालको विषमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफूले छलफल गरेको बताए ।
‘प्रधानमन्त्रीले छलफल गर्दै जाऔं न भन्नुभयो । हाम्रो समग्र बुझाई नोमिनेसनको दिनसम्म सांसदको कार्यकाल रहन्छ भन्ने छ’ उनले भने ।
