काठमाडौँ – बागमती प्रदेशसभाको बैठक आउँदो साउन ५ गते बस्ने भएको छ ।बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाको १०औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि असार २९ गते बसेको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै बैठक अर्को सुचना नआउन्जेल सम्मका लागी स्थगित गरिएको थियो ।
