काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार अन्तिम सुनुवाई पछिको फैसला जारी गर्दै सर्वोच्चले पोखरेलको रिट खारेज गरेको हो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना अधुरै रहेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।
