प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता ,उपसभामुखमा निर्वाचित भए संविधानले खोजेको भुमीका निर्वाह गर्ने प्रतिबद्धता – Himalayan Dainik

प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता ,उपसभामुखमा निर्वाचित भए संविधानले खोजेको भुमीका निर्वाह गर्ने प्रतिबद्धता


प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता ,उपसभामुखमा निर्वाचित भए संविधानले खोजेको भुमीका निर्वाह गर्ने प्रतिबद्धता

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छिन ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दर्ता गरेपछि पुष्पा भुसालले संसदलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् ।

संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपसभामुखमा निर्वाचित भएको खण्डमा संविधान कार्यान्वयनका विषयलाई समेत ध्यान दिने प्रतिवद्धता जनाएकी छन् ।

‘सदनसँग जोडिएका, मुलुकको राजनीतिसँग जोडिएका, आम जनतासँग सरोकारयुक्त विषयलाई प्रभावकारी ढंगबाट उठाउन पनि सहयोग गर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । साथसाथै संविधान कार्यान्वयनको विषयमा पनि सदनले भूमिका खेल्नुपर्ने हुन्छ । निर्वाचित भएपछि मेरो भूमिका यसमा बढ्ता केन्द्रित हुन्छ,’ भुसालले भनिन् ।

उपसभामुख संवैधानिक परिषद्को समेत सदस्य हुने भएकाले संविधानले संवैधानिक परिषद्मा उपसभामुखको जुन भूमिका अपेक्षा गरेको छ त्यो अनुसारको भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

भुसालले नेकपा माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।