एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह – Himalayan Dainik

एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह


एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल लेख्न सरकारलाई आग्रह गरेका छन ।बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, एसपीपी अगाडि नबढाउने निर्णयमा पुगेका छौं भनेर पत्र लेख्नुपर्‍यो ।’

चौतर्फी विरोधपछि मन्त्रिपरिषदले ६ असारमा एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर अहिलेसम्म अमेरिकालाई पत्र पठाएको छैन ।