एजेन्सी – पाकिस्तान र अन्तर्राष्ट्रिय मुद्रा कोषबीच ६ अर्ब डलर बराबरको बेलआउट प्याकेजमा (वित्तीय सहयोग विस्तार) वार्ता भइरहँदा त्यहाँको अर्थतन्त्र भने धराशायी हुने अवस्थामा पुगेको छ।
पाकिस्तानी मुद्रा रूपीमा उच्च गिरावट आएर प्रति डलरका लागि २ सय १२ रूपी परिरहेको छ। पाकिस्तानको मुद्रा सञ्चितिमा ह्रास आएर ६ महिना अवधिको वस्तु तथा सेवा समेत धान्न नसक्ने अवस्थामा आइपुगेको छ। त्यहाँ करिब ९ अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको पाकिस्तानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
आर्थिक अवस्था नाजुक बनेसँगै पाकिस्तानका जनताहरू प्रभावित हुन थालेका छन्। त्यहाँ ट्याक्सी सेवा, रेस्टुरेन्ट तथा होम डेलिभरी जस्ता व्यवसायहरू बन्द भइरहेको बताइएको छ।
पेट्रोल महँगिएकाले पनि व्यवसायहरू धराशायी भइरहेका छन्। पाकिस्तानमा मे २६ यता पेट्रोलको मूल्य ५६ प्रतिशतले बढेर २ सय ३३ प्रतिलिटर र डिजेल ८३ प्रतिशतले बढेर २ सय ६३ रूपैयाँ प्रतिलिटर पुगेको छ। कतिसम्म भने पछिल्लो एक महिनामा मात्रै पेट्रोलियम पद्धार्थको मूल्य तेस्रो पटक बढाइएको हो।
अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० बाट सञ्चालित वित्तीय सहयोगका कार्यक्रम पुनः सञ्चालन हुने अपेक्षामा समेत पाकिस्तानले यस्तो कदम चालेको हो। यसले १० महिना यता त्यहाँको विदेशी मुद्रा सञ्चितिसमा आएको ५० प्रतिशतसम्मको गिरावट रोक्न काम गर्ने अपेक्षा गरिएको छ।
पाकिस्तानी सरकारले अन्तराष्ट्रिय कारणबाट पेट्रोलको मूल्यमा सिर्जित भार जनतामा सार्नुको विकल्प अब नभएको उल्लेख गरेको छ।
