२१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा रिसोर्टबाटै युवक पक्राउ – Himalayan Dainik

२१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा रिसोर्टबाटै युवक पक्राउ


२१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा रिसोर्टबाटै युवक पक्राउ

काठमाण्डौँ –  भक्तपुर प्रहरीले एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका – २ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् ।

सूर्यविनायक नगरपालिका- ९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उनको भनाइ छ