कास्की – होमस्टे (घरबास) महासघ नेपालको केन्द्रीय कार्य समिति बैठक कास्की जिल्ला माछापुच्छ्रे गाउपालिका २ ल्वाङ सामुदायिक होमस्टेमा यहि जेष्ठ १९,२०,२१ मा महत्त्वपूर्ण ११ निर्णय गर्दै सम्पन्न भएको छ । होमस्टे ९घरबास० महासघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन पछिको पहिलो बैठक महासघका अध्यक्ष श्री प्रेम शंकर मर्दनिया थारु ज्युको अध्यक्षतामा केन्द्रिय कार्य समिति, सुपरिवेक्षण तथा अनुगमन आयोग पदाधिकारी तथा सदस्य एवं प्रदेश कार्य समिति अध्यक्षज्युहरुको उपस्थितिमा संचालन भएको थियो ।
पर्यटकीय गाउँ ल्वाङमा ३ दिनसम्म संचालित बैठकबाट गाभर भ्याली महाधिवेशनको समिक्षा, स्थानीय तहमा होमस्टेहरुबाट प्रतिनिधित्व गरेर विजय हुन सफल जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको थियो ।
केन्द्रिय कार्य समितिलाई ५१ सदस्यीय बनाउदै पुर्णता, १७ सदस्यीय सचिवालय, ११ सदस्यीय सल्लाहकार समिति गठन, विभिन्न विभागहरु गठन, रणनीतिक योजना निर्माण, कार्यलय व्यवस्थापन लगाएतका महत्त्वपूर्ण प्रस्तावमा छलफल तथा निर्णय गर्दै समापन भएको जानकारी होमस्टे महासघ नेपालका केन्द्रिय कोषाध्यक्ष श्री सुरज बास्तोलाले जानकारी दिनुभएको थियो ।



