बृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउन सरकारसँग सांसद पाख्रिनको माग – Himalayan Dainik

बृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउन सरकारसँग सांसद पाख्रिनको माग


बृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउन सरकारसँग सांसद पाख्रिनको माग

काठमाडौं – दोलखाकी सांसद शान्ति पाख्रिनले ज्येष्ठ नागरिकहरूलाई राज्यले उपलब्ध गराउँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता यसै आर्थिक वर्षबाटै पाँच हजार रूपैयाँ पुर्याउन सरकारसँग माग गरेकी छिन् ।

आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि प्रतिनिधिसभामा हिजो भएको सामान्य छलफलमा भाग लिँदै सांसद पाख्रिनले बृद्धभत्ता बढाउन माग गरेकी हुन् । ‘गठबन्धन सरकारलाई बृद्धभत्ता पाँच हजार रूपैयाँ पुर्याउन कसले रोक्यो,’ उनले भनिन्, ‘म माग गर्न चाहान्छु ज्येष्ठ नागरिक भत्ता यसै बजेटमार्फत मासिक पाँच हजार रूपैयाँ पुर्याइयोस् ।’

आम बृद्ध बा–आमाको अपेक्षा अनुसार बृद्धभत्ता बृद्धि नगर्ने तर, बृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएको आपत्ति जनाउँदै उनले भनिन्, ‘बजेटको बुँदा नं. १८७ मा ६८ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कुरा उल्लेख गरिएको रहेछ, तर यो कति वैज्ञानिक छ ?’ उनले भनिन्, ‘नेपालीहरूको औसत आयु बढ्दै जाँदा बृद्धभत्ता पाउने उमेर घट्दै जान्छ ? के यो प्राकृतिक नियमसँगत छ ?,’ उनले सरकारलाई प्रश्न गरिन् ।