काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ९बालेन० ले नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीसँग मतगणनाकै क्रममा भेटेको खुलेको छ ।
बालेनले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेको खुलेको हो । यद्यपि भेटको विषयमा दुवै पक्षले अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । मतगणनाको अन्तिम नतिजा आउने अघिल्लो दिन बालेन आफ्नो टिमसहित बालकोट पुगेका बताइएको छ ।
बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन । अध्यक्ष ओलीले सामूहिक र बालेनसँग मात्रै पनि भेट गरेका थिए । बालेनले पनि समकालीन नेताहरुमा ओलीले नै केही गर्ने आशय व्यक्ति गरेका पनि बताइएको छ ।
भेटको बारेमा केही दिनपछि विवरण सार्वजनिक गरिने पनि बालेन पक्षले जनाएको छ ।
