यस्तो छ काठमाडौंका मेयर बालेन्द्रको पहिलो निर्णय – Himalayan Dainik

यस्तो छ काठमाडौंका मेयर बालेन्द्रको पहिलो निर्णय


यस्तो छ काठमाडौंका मेयर बालेन्द्रको पहिलो निर्णय

काठमाडौं – काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै साहले पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । आज अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा मेयर साहले हस्ताक्षर गर्नुभएको हो ।

यसअघि नै चुनावी प्रचार प्रसारका दौरान साहले मेयरमा निर्वाचित भएपछि नगरकार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताउनु भएको थियो । १६२ जना नगर कार्यसमिति रहेको काठमाडौं महानगरपालिकामा १६० जना मात्र निर्वाचित भएका छन् । वडा नम्बर २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उक्त पद रिक्त छन् ।