तारा एयरको जहाज सम्पर्कविहीन – Himalayan Dainik

तारा एयरको जहाज सम्पर्कविहीन


तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौँ – पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

तारा एयरका एक अधिकारीका अनुसार १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।