गुल्मी – गुल्मीमा एकजना उमेदवार जम्मा एक मतको अन्तरले वडाध्यक्षमा विजयी भएका छन् ।
जिल्लाको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीमा नेपाली काँग्रेसका उमेदवार रेशमराज न्यौपाने एमाले उमेदवार बाबुराम न्यौपानेलाई जम्मा एक मतले पछाडि पार्दै विजयी भएका हुन् ।
विजयी न्यौपानेले ७५६ मत प्राप्त गरेका छन भने पराजित न्यौपानेले ७५५ मत प्राप्त गरेका छन् । वडा नम्वर १ हर्मिचौरमा भने पुनः मत गणना सुरु भएको छ । त्यस वडामा खसेको कुल मत १४३५ रहेकोमा गणना गर्ने बेलामा १४८७ मत फेला परे पछि पुनः मत गणना भएको हो ।
