संघीय संसदको अधिवेशन जेठ ३ गते बोलाउन सरकारको सिफारिस – Himalayan Dainik

संघीय संसदको अधिवेशन जेठ ३ गते बोलाउन सरकारको सिफारिस


संघीय संसदको अधिवेशन जेठ ३ गते बोलाउन सरकारको सिफारिस

काठमाडौँ – सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजेका लागि बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ ।

त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । त्यही प्रयोजनका लागि संसद बैठक आह्वान गरिएको हो ।