भक्तपुर नगरपालिकामा एमाले भाइरल चर्चा – Himalayan Dainik

भक्तपुर नगरपालिकामा एमाले भाइरल चर्चा


भक्तपुर नगरपालिकामा एमाले भाइरल चर्चा

भक्तपुर – भक्तपुर नगरपालिकामा विगतमा तुलनात्मक रूपमा कमजोर रहेको नेकपा९एमाले० स्थानीय निकायको निर्वाचनको संघारमा एकाएक भाइरल बन्न थालेको छ । दशै वडामा सयौं कार्यकर्ता निरन्तर परिचालित भएका छन् भने वडा भेला, टोल भेला, घर दैलो, पर्चा वितरण र सामाजिक सञ्जाललाई प्रचारको प्रमुख माध्यम बनाएको एमालेको शक्ति दिन प्रतिदिन मजबुत बनेको प्रदेशसभा सदस्य एमाले नेतृ सरस्वती बाटी बताउछिन् ।

नेकपा(एमाले)का युवा नेता रविन्द्र लाछिमस्युलाई एमालेले भक्तपुरको प्रमुखमा उम्मेद्वारी दिएको छ । उनी एमालेभित्र वैचारिक रूपले सबल र सांगठानिक हिसाबले भक्तपुर नगरमा बलिया युवा नेताको रूपमा चिनिन्छन् । उनी भक्तपुरका युवा मतदाताले सर्वाधिक रूचाइएका उम्मेद्वार बनेका छन् । एमालेले रञ्जना खर्बुजालाई उपप्रमुखको उम्मेद्वारी दिएको छ । उनी सामाजिक क्षेत्रमा क्रियाशील महिलाको रुपमा भक्तपुर नगरमा परिचित छन् ।

गतवर्ष नेमकिपामा विद्रोह गरेर रमेश न्याँइच्याँइको नेतृत्वमा ठूलो समूह एमाले प्रवेश गरेको थियो । त्यस समूहमा विश्वराज सिल्पकार लगायतका नेमकिपाबाट निर्वाचित जनप्रतिनिधि पनि सामेल थिए । उनै रमेश न्याँइच्याँइ भक्तपुर नगरपालिका वडा नं १ बाट वडाध्यक्षको प्रत्यासी बनेका छन् ।

नेकपा(एमाले)ले केन्द्रिय सदस्य निर्मलकुमार भट्टराईलाई भक्तपुर नगरको निर्वाचन परिचालनको जिम्मा दिएको छ । प्रदेश कमिटी सदस्य सरस्वतीबाटी, बालमुकुन्द सुवाल, सानु सुवाल, बाबुरत्न द्योला र जिल्ला उप(सचिव मिलन सुवाल भक्तपुर नगरको चुनावी मोर्चाको नेतृत्व गरिरहेका छन् । विगतमा खासै प्रतिद्वन्दी महसुस नगर्ने नेमकिपा भक्तपुर नगरमा एमालेको बढ्दो प्रभाव देखेर असहिष्णु बन्दै गएको चुनावी प्रचारमा सामेल एमाले कार्यकर्ता बताउँछन् ।