नगर कमिटीद्वारा प्रतिबद्धता पत्र सार्वजनिक – Himalayan Dainik

नगर कमिटीद्वारा प्रतिबद्धता पत्र सार्वजनिक


नगर कमिटीद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

भक्तपुर – नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा सत्तारुढ दल नेपाली कांग्रेसलाई समर्थन गर्नु भनेको आफ्नो अनुहारमा आफै मखुण्डो लगाएर हिड्नु जस्तै भएको बताउनुभएको छ ।

नेकपा एमाले सूर्यविनायक नगर कमिटीद्वारा आयोजित नेकपा ९एमाले० सूर्यविनायक नगरपालिका स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेसले गुण्डुका जनतालाई पशुको जस्तै व्यवहार गरेको भन्दै आक्रोस जनाउनुभयो । एमालेले गरेको विकासको विरोध गर्ने कांग्रेसलाई जनताले गुण्डुबाट लखेट्ने दिन आउन सक्ने चेतावनी दिँदै उहाँले एमाले नभएर विकास विरोधी कांग्रेस हुनु भनेको आफुले आफैलाई गरिएको गद्धारी पन भएको उल्लेख गर्नुभयो ।

भक्तपुरमा भएको विकासको विरोध गर्ने कांग्रेसको कुनै नैतिक अधिकार नभएको उल्लेख गर्दै उहाँले गठबन्धनको सरकार बनेको ९ महिनामा ९ रुपैंया समेत बजेट ल्याउन नसक्नेले एमालेले गरेको विकासको डाहा गर्न अधिकार नै नभएको बताउनुभयो । कांग्रेस भन्ने पार्टी विकास विरोधी भएको तथ्यहरु सार्वजनिक गर्दै उहाँले पैसाले जनताको मत किन्न पाइन्छ भन्ने कांग्रेसको सोच एमालेले समाप्त बनाएको बताउनुभयो । जगन्नाथ आचार्यले गुण्डुका जनताले विकास माग्दा पैसामा हिसाव मिलान भइसकेकाले गुण्डुमा विकास चाँहिदैन भन्ने उत्तर दिएको गुण्डुका जनताको मन मस्तिष्कमा रहेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतालाई पशुजस्तो ठानी भोट किनवेच गर्ने कांग्रेसले अहिले कुन मुख देखाएर भोट भाग्ने हो रु एमालेले गरेको विकासको विरोध गर्ने कांग्रेसलाई जनताले गुण्डुबाट लखेट्ने दिन आउन सक्छ । किन भने उनीहरुले गुण्डुलाई अपमान गरेका छन् । गुण्डुलाई हेपेका छन्, गुण्डुलाई दोस्रो दर्जाको नागरिकको रुपमा लिएका छन् । गुण्डुका जनतालाई भेडाको व्यवहार गरेका छन्, त्यसैले लखेट्नुपर्ने अवस्था रहेको छ । यहाँ केही भाइहरु कांग्रेस लाग्नुभएको छ । यो एरियामा कांग्रेसमा लाग्नुभनेको त मुखमा मखुण्डो लगाउर हिड्नु जस्तै हो । कुनै नैतिकता र इमान्दारिता छ भने यो एरियामा कांग्रेस हुने छुट छैन । कांग्रेस हुनु भनेको बाउबाजेलाई लात्ती हानेर हिडेको जस्तै हो । त्यसैले यहाँ एमाले नभएर कांग्रेस हुनु भनेको आफुले आफैलाई गरिएको गद्धारी हो ।’

जताततैबाट आएको प्रतिकृयाले गर्दा सूर्यविनायक नगरपालिकामा निर्वाचन लड्न गएको नभई निर्वाचन जित्न गइरहेका उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा विजयको उद्घोष गर्नको लागि मात्रै यहाँका जनता वा मतदाता समय कुरिरहेको दावी गर्नुभयो । भक्तपुर क्षेत्र नं। २ मा १५ वर्ष कांग्रेस तथा १० वर्ष नेपाल मजदुर किसान पनर्टीले शासन सञ्चालन गर्दा भक्तपुरलाई विकासमा अध्यारो युगमा सिमित राखेको उल्लेख गर्दै उहाँले नेकपा एमालेले पछिल्लो पाँच वर्षदेखी शासन गरिरहँदा विकास र समृद्धिको नयाँ युगको शुरुवात गरेको बताउनुभयो । एमालेका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरु प्रत्येक दिन जनताको घर दैलोमा विकासको कार्य लिई खटिरहेको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ्य, सडक, ढल, खानेपानी, विद्युत, पार्क, सडक लाईट, उज्यालो नगरपालिका, पुललगायतका क्षेत्रहरुमा अघिल्लो निर्वाचनमा घोषणा पत्रमा लेखेको भन्दा १०औं गुणा काम गरेको सविस्तार उल्लेख गर्नुभयो ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा सांसद बस्नेत, मेयरका उम्मेदवार बाशुदेव थापा, उपमेयरका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार रविन्द्र सापकोटा, वडा सदस्यका उम्मेदवारहरु, जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर तथा एमालेका नेता तथा कार्यकर्ताको उपस्थितीमा सार्वजनिक गरेको छ ।