सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड – Himalayan Dainik

सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड


सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौँ – सीवाईसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

योग्य आवेदकलाई न्यूनतम १० कित्ताका दरले आईपीओ वितरण गर्दा ३६ हजार ९४८ जनालाई तीन लाख ६९ हजार ४८० कित्ता सेयर बाँडफाँड भएको छ । बाँकी रहेका आठ कित्ता सोहीमध्ये १० कित्ताभन्दा बढी आवेदन दिने आठजनालाई थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीले यही वैशाख २ गतेदेखि ६ गतेसम्म कुल तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको तीन लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि छुट्ट्याएर बाँकी तीन लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएको छ ।

लघुवित्तको आईपीओमा कुल २२ लाख पाँच हजार ६३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये तीन हजार २७२ जनाको आवेदन रद्द हुँदा २२ लाख दुई हजार ३६१ आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।